घट्यो आज सुनको मूल्य, तोलाको कति छ ?

मंगलबार, फागुन ५, २०८२

नेपाली बजारमा आज फागुन ५ गते मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८६० रुपैयाँ थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्