सेयरबजार दोहोरो अंकले घट्यो, कारोबार कति भयो ?

सोमबार, कात्तिक १६, २०८३

सेयरबजार दोहोरो अंकले घटेको छ। नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको हो। 

सोमबार ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ। यस दिन २१ वटा सेयर मात्रै बढेका छन्। २५२ वटा घट्दा ६ वटाको मूल्य स्थिर छ। 

यस दिन बेनी हाइड्रोपावरको सेयर १३.५८ प्रतिशतले बढे पनि बाँकीमा ८.७७ प्रतिशतसम्म मात्रै वृद्धिदर छ। त्यसो त आजको अधिकतम गिरावट दर ४.८६ प्रतिशत मात्रै छ। कारोबारमा घलेम्दी हाइड्रोपावर अगाडि छ। कम्पनीको ३७ करोडको किनबेच हुँदा ग्लोबल आईएमई बैंकको २९ करोडको, कुमारी बैंकको २७ करोडको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सबै समूहहरु राताम्य छन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्