नेप्सेमा लुम्बिनी विकास बैंकको सर्वाधिक ३२ करोडको कारोबार

शुक्रबार, कात्तिक १३, २०८३

सेयरबजारमा शुक्रबार ५.४५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २६९०.१५ विन्दुमा कायम भएको हो। 

यस दिन ८ अर्ब ८९ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल २ करोड २८ लाख कित्ता किनबेचसँगै यो परिमाणमा कारोबार भएको हो। 

शुक्रबार १०२ वटा सेयरको मूल्य बढे पनि १६९ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। आज पनि बेनी हाइड्रोको सेयर १४.९९ प्रतिशतले बढेको छ। बाँकी सेयरहरु १२.११ प्रतिशतसम्म उकालो लागेका छन्। 

आजको अधिकतम गिरावट दर ४.०८ प्रतिशत छ। यस दिन लुम्बिनी विकास बैंकको सर्वाधिक ३२ करोडको र शिवम् सिमेन्टको ३० करोडको कारोबार भएको छ। 

शुक्रबार विकास बैंक, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढे पनि बाँकी राताम्य छन्। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्