सोसल मिडिया
युनिकोड
नयाँ आर्थिक वर्ष सुरू भएकै दिन साउन १ गते शुक्रबारदेखि लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यभार सम्हालेका सुमन आचार्यले बैंकको श्रीवृद्धिमा उल्लेख्य काम गरेको नतिजा देखिन थालेको छ ।
शुक्रवारदेखि बैंक व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हालेका आचार्यलाई शुक्रबारले सुखद संयोग दिएको छ । आज अर्थात् २०८३ कार्तिक १३ गते शुक्रबार नेप्सेमा लुम्बिनी विकास बैंकको सेयर सर्वाधिक खरिदविक्री भएको छ । एकैदिन आज बैंकको ३२ करोडको सेयर कारबोर भएको हो ।
आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास गर्दै बैंकले उनलाई सिइओ नियुक्त गरेको थियो ।
आचार्यले बैंकको व्यवस्थापन सम्हालेको तीन महिनाकै अवधिमा सुधार र प्रगति देखिन थालेको हो ।