घट्यो आज सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, कात्तिक १३, २०८३

नेपाली बजारमा आज कात्तिक १३ गते शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेको हो।

यस गिरावटसँगै शुक्रबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८० हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो भने बुधबार ९०० रुपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो। गत आइतबार भने सुनको मूल्य तोलामै ११ हजार ७०० रुपैयाँको ठूलो गिरावट आउँदै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घट्दै ३ हजार ८२५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको थियो।

यस्तै, मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो। गत आइतबार चाँदीको मूल्यमा पनि २३० रुपैयाँको गिरावट आउँदै प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्