Dashain Banner
Dashain Banner

बढ्यो आज सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, असोज ३०, २०८३

नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ९० हजार १०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले बढ्दै ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्