Dashain Banner
Dashain Banner

आज पनि घट्यो सुनको भाउ, तोलाको कति छ ?

बुधबार, असोज २८, २०८३

आज पनि सुनचाँदीकै मूल्यमा गिरावट आएको छ। सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबार तोलामा २ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार पनि तोलामा २ हजार २ सय रुपैयाँ घटेर २ लाख ९२ हजार २ सय कायम भएको थियो। 

गएको तीन दिनमा सुनको भाउ सात हजार रुपैयाँ घटिसकेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँ घटेर ४ हजार २ सय ५५ रुपैयाँमा झरेको छ। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्