उदयपुरले पायो काबिल सिडिओ, तीन जिल्लाका सिडिओ फेरिए

शुक्रबार, असोज २३, २०८३

गृहमन्त्री सुधन गुरुङले तीन जिल्लामा नयाँ सिडिओ पठाएका छन् ।

गृह मन्त्रालयले उदयपुर, कपिलवस्तु र अर्घाखाँचीमा तीन सहसचिव सिडिओ पठाएको हो। वाग्मती प्रदेशबाट संघमा आएका कृष्णबहादुर शाही राष्ट्रपति कार्यालयको प्रवक्ता हुँदै गृहमन्त्रालय भित्रिएर उदयपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा खटाईएका हुन् । गृह प्रशासन बुझेका काबिल सहसचिव शाहीले यसअघि पनि सिडिओ चलाइसकेका छन् ।

उदयपुरका सिडिओ मेघबहादुर मग्रान्तीको अख्तियारमा सरुवा भएपछि शाही त्यहाँ पठाईएका हुन् ।

त्यस्तै,अर्घाखाँचीका सिडिओ तोयनारायण सुवेदीलाई कपिलवस्तु सरूवा गरेर विष्णुप्रसाद ज्ञवालीलाई अर्घाखाँचीको सिडिओमा पठाएको छ। ज्ञवाली महालेखा नियन्त्रक कार्यालयबाट गृह मन्त्रालय सरूवा भएका थिए। उनलाई गृह मन्त्रालयले अर्घाखाँचीको सिडिओमा पठाएको हो।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्