दुई महिना पूरा भएपछि उर्जा मन्त्रीले किन फेरे विद्युत् विकास विभागको महानिर्देशक ?

बिहीबार, असोज २२, २०८३

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् विकास विभागको महानिर्देशक परिर्वतन गरेका छन्। विभागका महानिर्देशक सागरराज गौतमलाई मन्त्रालय फिर्ता ल्याउँदै मन्त्री श्रेष्ठले सहसचिव जीवछ मण्डललाई जिम्मेवारी दिएका छन्।

मन्त्रालय स्रोतका अनुसार गौतम केही समयदेखि अस्वस्थ छन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उनले बैठकहरूसमेत सञ्चालन गर्न सकेका थिएनन्। सोही कारण गौतमलाई मन्त्रालयमा सरुवा गरिएको स्रोतले बतायो। बिहीबार नै मन्त्रीस्तरीय निर्णय गरेर दुई सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ।

गत साउन १२ गते मात्रै ऊर्जामन्त्री श्रेष्ठले गौतमलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। महानिर्देशक बन्नुअघि गौतम ऊर्जा मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत थिए।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्