निजामती विधेयकमा २० वर्ष वा सोभन्दा बढी सेवा गरेकालाई आजीवन मासिक निवृत्तिभरणको व्यवस्था

बिहीबार, असोज १५, २०८३

निजामती विधेयकले २० वर्ष वा सोभन्दा बढी सेवा गरेका निजामती कर्मचारीले आजीवन मासिक निवृत्तिभरण पाउने नयाँ व्यवस्था गरेको छ । 

विधेयकअनुसार पेन्सन गणना गर्दा कुल सेवा अवधि अधिकतम ३० वर्षसम्मलाई आधार मान्ने भनिएको छ । यसरी मासिक निवृत्तिभरण रकम कुल सेवा वर्षलाई अन्तिम तलबले गुणन गरी ५० ले भाग गर्दा आउने रकमका आधारमा हिसाब गरेर निर्धारण गरिने छ ।

विधेयकले निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला कर्मचारीको सुरू तलबको ५० प्रतिशतभन्दा कम नहुने सुनिश्चित समेत गरेको छ । तर, अधिकतम रकम भने सुरू तलब स्केलभन्दा बढी नहुने प्रावधान विधेयकले राखेको छ । 

विधेयक जस्ताकोतस्तै कार्यान्वयनमा आएमा बहालवाला कर्मचारीको सुरू तलब स्केल वृद्धि भए समान पदका सेवानिवृत्त कर्मचारीको निवृत्तिभरणमा समेत त्यसको दुईतिहाइ रकम थप हुने छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्