सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।
मन्त्रालयको २०८३ असोज १२ गतेको निर्णयअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईंलाई सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सहसचिवमा सरुवा गरिएको छ। उनले केही दिन अघि नै राजीनामा दिईसकेका छन् ।
त्यसैगरी गृह मन्त्रालयमा सहसचिव रहेका तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवमा सरुवा गरिएको छ।
गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।