सोसल मिडिया
सम्पर्क
युनिकोड
पाख्रीबास नगरपालिकाका मेयरले विभिन्न घटना, दुर्घटना तथा आत्महत्याका घटनामा पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन सरकारसँग माग गर्दै अनौठो प्रकारको पत्र काटेका छन् ।
नगर प्रमुख ज्ञानबहादुर गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाउँदै पोस्टमार्टमसँग सम्बन्धित कानुनी तथा प्रशासनिक व्यवस्थाका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य गर्न माग गरेका हुन् ।
‘हालसम्मको पोस्टमार्टमले पीडित परिवारलाई के कति राहत पायो ?’ भन्ने प्रश्नसमेत उठाउँदै नगरपालिकाले नागरिकलाई अनावश्यक दुःख र झन्झटबाट मुक्त गर्न आवश्यक कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।
मेयर गुरुङद्वारा हस्ताक्षरित पत्रमा विभिन्न भवितव्य घटना, दुर्घटना तथा आत्महत्याजस्ता दुःखद घटनामा पञ्चायतकालदेखिका कानुनी एवं प्रशासनिक झन्झटका कारण आम नागरिकले सास्ती भोगिरहेको उल्लेख गरिएको छ ।