सोसल मिडिया
युनिकोड
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बलराम निरौला निलम्बनमा परेका छन् ।
निरौला पनि पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको सूचीका सदस्य हुन् ।
मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो। उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ। जतिबेला निरौला शाखा अधिकृतको भूमिकामा थिए । मुद्दा दर्ता भए संगै उनी निलम्बनमा परेका हुन् । जागिरबाट अवकाश पाउने दिन नजिकिदै गर्दा उनले मुद्दा खेप्नु परेको छ ।