प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, निजामती अध्यादेशको काम के हुन्छ ?

मंगलबार, कात्तिक १७, २०८३

पछिल्लो पटक असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसपछि बस्दै नबसेको मन्त्रिपरिषद् बैठक आजका लागि डाकिएको छ ।

दुई साताभन्दा बढी समयपछि आज कात्तिक १७ गते बस्ने गरि मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आज दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ। आजको बैठकले केही नियुक्ति र केही सरुवाका काम गर्दैछ । त्यस्तै, निजामति अध्यादेशको बिषयमा समेत निर्णय हुन सक्ने लख काटिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्