सरकार सँग सिंगौरी खेल्ने जुक्ति निकाल्न कांग्रेसले डाक्यो भए भरका विपक्षी दल

सोमबार, कात्तिक १६, २०८३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नेकपा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ।

बैठकमा कांग्रेसले सरकारको पछिल्लो कामकारबाही, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेपलगायत विषयमा छलफल हुनेछ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका थिए।

सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए। यही विषयमा कांग्रेसले आज प्रतिपक्षी दलहरूसँग छलफल गर्न लागेको हो।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्