सोसल मिडिया
युनिकोड
सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन्।
अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई सिराहबाट नियन्त्रणमा लिएर काठमाडौँमा ल्याइँदैछ।
उनी किन पक्राउ परे भन्नेबारे खुलेको छैन। स्रोतले प्रधानमन्त्री कार्यालयको चासोपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ। प्रधानमन्त्री वालेन्द्रकै ठाडो आदेशमा उनी समातिएका हुन् ।
असोज ५ गते उनलाई सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले डिजी बनाएका थिए । मन्त्री श्रेष्ठ चाँही यतिबेला थाईल्याण्डमा छन् । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्न नमानेका कारण डिजी समातिएको श्रोतको भनाई छ ।