बिचाैलिया इनमको कनेक्सनले न्यायाधीश बिथोलिएपछि डाकिएको फूलकोर्ट बैठक रित्तै 

शुक्रबार, कात्तिक १३, २०८३

बिचाैलिया इनम सापकोटासंगकाे कनेक्सन बाहिरिएपछि चिन्तित प्रधानन्यायाधीश डा. मनाेज शर्माले बाेलाएकाे फूल काेर्टकाे बैठक अर्काे बैठक बस्ने गरि टुंगिएको छ।

शुक्रबारकाे बैठकमा आराेपित न्यायाधीश हरि फुयालका साथै नित्यानन्द पाण्डेय, मेघराज पाेखरेल, महेश शर्मा पाैडेल, श्रीकान्त पाैडेल, शारंगा सुवेदी लगायतले आफ्ना कुरा राखेका छन् । 

बैठकमा सहभागी एक न्यायाधीशका अनुसार बैठकमा सर्वाेच्चवाटै छानबिन समिति गठनकाे कुरा उठेको छ । संसदले के गर्छ त्यो संसदकै कुरा हो तर सर्वोच्चले के गर्ने भन्ने विषयमा निर्णय नभएको बुझिएको छ । आगामी साेमबार पुन: फुलकोर्टकाे बैठक बस्ने गरि न्यायाधीशहरू ईजलासमा लागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्