प्रधानमन्त्री अड्डाको अतिरिक्त चासोलाई हाँसोमा उडाएपछि दुई सहसचिव कठघरामा 

शुक्रबार, कात्तिक १३, २०८३

प्रधानमन्त्री समेतको चासोमा प्रधानमन्त्री कार्यालयको अतिरिक्त चासोलाई हाँसोमा उडाएपछि जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी लगाएर नियन्त्रणमा लिईएको छ ।

बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र आयोजना प्रमुख (सहसचिव) रिजाललाई सिन्धुलीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । अहिले दुवै जनालाई प्रधानमन्त्री कार्यालयमा केरकारमा राखिएको छ । नेपाल सरकारका दुई सहसचिवलाई विधि र थिति छलेर नियन्त्रणमा लिएपछि कर्मचारी थप आतंकित बनेका छन् ।

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको ठेक्का एकपटक रद्द भएर पुनः ठेक्का प्रक्रिया अघि बढाइएको छ । नयाँ ठेक्का प्रक्रिया सुरु गरेर आयोजनाले आर्थिक प्रस्ताव खेलेको छ । नयाँ ठेक्का प्रक्रियामा ३ चिनियाँ कम्पनी योग्य ठहरिएका छन् । जसमा  मेसर्स चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन , मेसर्स एन्नेङ–आरसीसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, चीन रहेका छन् । 

सो ठेक्काको आर्थिक प्रस्ताव पर्सी अर्थात कार्तिक १६ मा खोल्ने मिति तय भएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले सो ठेक्का पुनः तोडेर नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू बताउँछन् । सो ठेक्का प्रक्रिया तोड्न दिएको दुई पटकको आदेशलाई तामेलीमा हालिदिएपछि डिजी र आयोजना प्रमुख फन्दामा परेका छन् । विभागीय मन्त्री विराजभक्त श्रेष्ठ चाँही यतिबेला थाईल्याण्डमा छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्