रामका छोरा हराम निस्किएपछि पूर्वमन्त्री दीपक पूरै भूमिगत, को-को हल्लिए ?

मंगलबार, कात्तिक १७, २०८३

सिंगो राज्यका संरचनालाई हल्लाउने झापाली ईनम सापकोटा प्रकरणले केही रक्षात्मक अवस्थामा पुगेका छन् भने केही आक्रामक देखिएका छन् । इनम प्रकरणले कतिलाई भूमिगत बनाएको छ भने कतिको राजनीति नै सकिने संकेत समेत देखिन थालेको छ ।

पूर्वप्रधन्यायाधीश चोलेन्द्र शमशेर राणाले छोप हालेको भनिएका सापकोटा उनै राणा पक्राउपछि जन्मिएका पात्र हुन् । चोलेन्द्रको खास दूत भएर न्यायाधीश समेतलाई लाईन लगाएर होटलमा पुर्याउने ल्याकत राखेका सापकोटाले हिरासत बाटै ठूला ठालुलाई पोल्न थालेका छन् । सापकोटा काण्डको भुङ्ग्रोमा केही न्यायाधीश परिसकेका छन् ।

पहाडको पाखोबारीमा जीवन निर्वाह गर्न असजिलो भएर खेतीका लागि उर्भर भूमि झापा झरेका सापकोटाका बुबा राम सापकोटा आर्थिक हैसियत उति राम्रो होइन । इलामबाट झापाको चप्रामारी झरेका राम सामान्य स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । चाप्रामारीबाट शहर दमक छिरेका उनले त्यहाँ पनि सामान्य ढंगले नै जीवन यापन गरे । झापामा जन्मिएको एक्लो छोरो इनमलाई काठमाडौँमा ल्याएर लिटिल एञ्जेल्समा पढाए । इनमले त्यहिबाट विज्ञानमा १२ कक्षा पास गरे । त्यसपछि थप अध्ययनका लागि भारत, जर्मन हुँदै अमेरिकासम्मै पुगे । उनले कुन तहसम्मको उच्च शिक्षा आर्जन गरे सो भने खुलीसकेको छैन ।

इनमका बुबा राम बुढानिलकण्ठ बस्न थालेपछि उनको कांग्रेस नेता तथा पूर्व मन्त्री दीपक खड्का संग हिमचिम भयो । इनमको चोलेन्द्रको छोरो दाई साथी थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु संग चोलेन्द्रका कारण सापकोटाको हिमचिम बाक्लियो । सम्बन्ध र संगतको त्रिवेणी मिलेपछि इनम सबैका इमान्दार म्यासेन्जर बन्न थाले । उनको फुर्तिफार्ती झन्-झन् बढ्न थाल्यो । अलिकति तलमाथि नगरिकन काम गर्दै गएपछि उनले थप प्रभाव देखाउन थाल्ने क्रममा उनको हिरासत यात्रा भएको हो । 

सापकोटा समातिएपछि पूर्व मन्त्री दीपक खड्का पूरै भूमिगत छन् । बिरामी आमाको उपचार गराउन भारत गएको भनिएपनि उनी कहाँ छन् अत्तोपत्तो नभएको बुझिएको छ । त्यस्तै कांग्रेसका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको पनि प्रेसर र सुगर दिनहुँ बढ्दो छ । चोलेन्द्र भाई प्रभुको कारिन्दा भएर काम गर्ने केही न्यायाधीश र सचिव तहका दुई कर्मचारीको पनि सातो गएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्