चोलेन्द्रका दूत इनम भेट्न न्यायाधीश हूलै लिएर होटल धाउने न्यायाधीश बिदामा बसे

मंगलबार, कात्तिक १७, २०८३

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका खास दूत बिचौलिया इनम सापकोटालाई भेट्न न्यायाधीशको लर्को लगाउने समूहका मठाधीश सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् ।

सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश  फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबार (कात्तिक १७) बाट लागु हुनेगरी बिदा लिएका हुन् । बिदामा बस्नुको कारण भने खुलेको छैन । सर्वोच्चको मुद्दा पेसी सूचीमा न्यायाधीश फुयाललाई इजलास तय भएको छैन । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्