पूर्वप्रधानमन्त्री माधव सहित दुई मन्त्रीमाथि  भ्रष्टचार मुद्दा दर्ता, के हो काण्ड ?

मंगलबार, कात्तिक १७, २०८३

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ। माधव नेपालको थाप्लोमा मुद्दाको चाङ्ग लागेको हो । त्यस्तै पूर्व मन्त्री रिजाल पनि थलिएका छन् ।

सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को जग्गा प्रकरणमा मुद्दा दायर गरिएको हो। रिजाल क्यानिङ कम्पनीलाई हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गर्न दिएको आरोप लगाइएको छ। 

त्यस्तै त्रिशुलीमा बेपत्ता पूर्व मुख्यसचिव माधव घिमिरेको परिवारलाई समेत मुद्दा दायर भएको छ । उ बेलाका भूमि सचिव छविराज पन्त पनि सो मुद्दाको मतियार बनेका छन् । उनी पूर्व मन्त्री समेत हुन् ।

तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गरिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।

उक्त निर्णयमा मन्त्रिपरिषद्को सामाजिक समिति पनि जिम्मेवार देखिएकाले तत्कालीन समितिमा रहेका  रिजाललाई समेत प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । यस प्रकरणमा मालपोतका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्