सोसल मिडिया
सम्पर्क
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिवलाई उनले जन्मदिन मनाएको चार दिनमा उल्टो उपहार दिएको छ । ५७ वर्षे जन्मदिन कार्तिक १३ गते मनाएका सहसचिव बलराम निरौलालाई त्यसको ठिक चार दिनपछि कार्तिक १७ गते आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । संयोगवस जन्मदिनकै पेरिफेरिमा उनले अख्तियारबाट उल्टो उपहार पाएका हुन् ।
बहुचर्चित विराटनगरको रिजाल इन्ड्र्ट्रिज जग्गा सट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उनको क्याविनेटका दुई मन्त्री मीनेन्द्र रिजाल, डम्बर श्रेष्ठ सहित पूर्व मुख्यसचिव माधव घिमिरे सचिव छविराज पन्तसहित निरौला सहितलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चानचुन ७४ करोड हानीनोक्सानी पुर्याएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्दा पुर्याएको हो। हाइप्रोफाईल सँग जोडिएको मुद्दामा परेको निरौलालाई शाखा अधिकृत हुँदा उठाएको टिप्पणीले अहिले पिरोलेको हो। राष्ट्रिय विपत् प्राधिकरणमा कार्यरत निरौला मुद्दा दर्ता भएसँगै निलम्बनमा परेका छन् ।
लामो जागिरे जिवनको आखिरीमा समयमा मुद्दा मामिला खेप्नु परेका निरौला माथि सहकारी प्रकरणको अर्को मुद्दा टंगालबाट बवरमहल हिड्ने संकेत समेत देखिएको छ ।