सोसल मिडिया
सम्पर्क
युनिकोड
आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको छ । गुल्मेली कार्कीलाई हटाएर सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । संभवत केसी विद्यावारिधी गर्ने पहिलो महानिरीक्षक बनेका छन् ।