सोसल मिडिया
सम्पर्क
युनिकोड
हिजो अर्थात कार्तिक १७ गते १८ दिनपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो । आज अर्थात कार्तिक १८ गते पनि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक राखेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सहभागी हुन मन्त्रीहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् । बैठक अबको केही बेरमै बस्दैछ । तिहार बिदा हुनु केही दिन बाँकी रहेकै बेला डाकिएको बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न बैठक डाकिएको भनिएको छ ।
प्रधानमन्त्रीको मंसीरमा हुने भारत भ्रमणको मेलोमेसो मिलाउन भारतीय विदेश सचिव बिक्रम मिश्री आजै नेपाल आएका छन् । मिश्रीसंग बालेन्द्रको बेट हुने कार्यक्रम तय भएको छ ।