सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रहरी हिरासतमा रहेका खुंखार बिचौलिया भनिएका इनम सापकोटासंग राम्रो हिमचिम भएका पूर्व मन्त्री समेत रहेका दुई कांग्रेस नेता नेपाल छोडेर विदेश पुगेका छन् । कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ सिंगापुर पुगेको भरपर्दो श्रोतको दाबी छ।
त्यस्तै, पूर्व मन्त्री दीपक खड्का पनि देश बाहिरै छन् । बिरामी आमा छोडेर उनी दुबई पुगेको भनिएको छ । कतिपयले भने उनी अमेरिकामा रहेका छोरी भेट्न त्यतै पुगेको दाबी गरेका छन् । उनकी आमा बिराटनगरमा सिकिस्त अवस्थामा रहेको पारिवारिक श्रोतको दाबी छ ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा मार्फत आफ्नो खड्का संग उठबस चलेको सापकोटाले दाबी गरेको सुरक्षाश्रोतको दाबी छ । बिचौलिया सापकोटा र खड्काबीच संवाद भएको तीन पाना म्यासेजको सुरक्षा श्रोतले विश्लेषण गरिरहेको उच्च श्रोतको दाबी छ । बिरामी आमाको दश दान गरिसकेको अवस्थामा पनि माईलो छोरो देश छोडेर बाहिरिनुले थप आशंका उत्पन्न भएको छ ।