Tihar Banner
Tihar Banner

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ दुई किस्तामा

शुक्रबार, कात्तिक २०, २०८३

सर्वोच्च अदालतका लागि प्रस्तावित चारजना न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ। बिहीबार बसेको समितिको बैठकले सदस्यहरुलाई उजुरी वितरण गर्दै शुक्रबार र शनिबार सुनुवाइ गर्ने निर्णय गरेको हो।

समितिले एक दिनमा दुई जनाको मात्रै सुनुवाइ गर्ने निर्णय गर्दै शुक्रबार रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुलाई समितिमा उपस्थित हुन भनेको छ।

शनिबार जनक पाण्डे र गोकर्ण डाँगीलाई बोलाइएको छ। १० दिनको समय दिएर उजुरी आह्वान गर्दा चार जनाविरुद्ध १३ वटा परेका छन्। समितिले उजुरी कर्तालाई शुक्रबार दिउँसो १ बजेभन्दा अघि उपस्थित हुन खबर गरेको छ।

सर्वोच्चका लागि प्रस्तावित चारै जना उच्च अदालतको न्यायाधीशमध्येबाट न्याय परिषदले सिफारिस गरेको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्