सोसल मिडिया
युनिकोड
भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले शहरी विकाश तथा भवन निर्माण विभागको महानिर्देशक फेरेका छन् ।
रवीन्द्र बोहरालाई हुत्याएर दिलीप भण्डारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
चुनावी सरकारका मन्त्री कुलमान घिसिङलाई रिझाएर विभागको महानिर्देशक पड्काएका बोहरा भौतिक सचिव गोपाल सिग्देलले अवकाश पाएको भोलिपल्टै लखेटिएका हुन् ।
वरिष्ठलाई पाखा लगाएर सिग्देलले काखी च्यापेकै कारण बोहरा डिजी भएको चर्चा उ बेला चलेको थियो । नभन्दै सचिवले टेको लगाएका बोहरा सिग्देलको अवकाशको भोलिपल्टै कुम्लो कुटुरो बोकेर हिड्नु परेको छ ।