गृहको जगेडाबाट सामान्यको जगेडामा फ्याँकिएका तीन भाई सहसचिवले बल्ल पाए अड्डा

बिहीबार, असोज १५, २०८३

गृह मन्त्रालयको जगेडाबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडा (अतिरिक्त समूह)मा सरुवा गरिएका तीन भाई सहसचिवले बल्ल अड्डा पाएका छन् ।

सहसचिवत्रय पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जिवी पौडेल गृहको जगेडाबाट सोझै सामान्यको जगेडामा कोचिएका थिए । हालसालै गरिएको सहसचिवको सरुवमा तीनै जनाले जगेडाबाट बाहिरिने अबसर पाएका हुन् ।

सामान्यको जगेडामा रहेका सहसचिव शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ। सरकारले जगेडामा रहेका विवादित सहसचिव शाहीलाई दरबन्दीमा व्यवस्थापन गरेको हो। शाहीसँगै सामान्यको जगेडामा रहेका सहसचिव भूपेन्द्र थापालाई लगानी बोर्डको कार्यालय र चिरञ्जीवी पौडेललाई राष्ट्रिय दलित आयोगमा व्यवस्थापन गरिएको छ।  

सामान्यको जगेडामा रहेका अर्का सहसचिव वेदप्रसाद खरेलको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा व्यवस्थापन भएको छ।

सामान्यको जगेडामा रहेका सहसचिव राजेन्द्रदेव पाण्डे यसअघि कै अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा व्यवस्थापन भइसकेका छन्।

त्यस्तै सामान्यको जगेडाबाट सहसचिव कृष्णबहादुर शाही राष्ट्रपति कार्यालय हुँदै गृह मन्त्रालय पुगेका हुन्। शाही सिडिओ हुने शर्तमा गृह भित्रिएको चर्चा छ । उनको अवकाश मिती पनि नजिकिँदो छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्