आज सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

बुधबार, असोज २१, २०८३

नेपाली बजारमा बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको हो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्