सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च, तोलाको कति पुग्यो ?

बिहीबार, असोज २२, २०८३

आज पनि सुनको भाउ बढेको छ। चाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ८ सय पुगेको हो। बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९२ हजार ३ सय कायम भएको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्