Dashain Banner
Dashain Banner

वालेन्द्रको निर्णयमा पीएचडी सहसचिवले ‘पुल्ठो झोसे’पछि उपसचिवलाई अवसर 

बुधबार, असोज २८, २०८३

चीनको पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका सहसचिव पुष्पराज शाहीले सरकारले गरेको सरुवामा पुल्ठो झोसेपछि शाहीलाई सरुवा गरिएको धरान उपमहानगरपालिकामा उपसचिव अम्बिकाप्रसाद चौलागाईं भैपरि रूपमा खटाईएको छ। 

शाहीले अघिल्लो साल मात्र National Development शीर्षकमा विद्यावारिधि गरेका थिए। सरकारले असोज १३ गते सहसचिव शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। 

मन्त्रिपरिषद्को निर्णयविरुद्ध शाही प्रशासकीय अदालतमा गएर तत्कालका लागि सरूवा रोक्न सफल भएका छन्। मन्त्रिपरिषद्को निर्णयविरुद्ध पुल्ठो झोस्ने मामिलामा शाही प्रथम भएका छन्। 

भूमि प्रशासन (मालपोत) कार्यालय धरानमा कार्यरत अम्बिकालाई धरान जिम्मा लगाईएको हो। प्रधानमन्त्री वालेन्द्रको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई चुनौती दिएका शाही सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएर काम गरिसकेका छन् भने अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाकिम पनि भईसकेका अधिकारी हुन्। 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २१:३२
प्रतिक्रिया दिनुहोस्