सोसल मिडिया
सम्पर्क
युनिकोड
मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठक ३२ सहसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार पाँच जना सहसचिव अर्थ मन्त्रालय भित्रिएका छन् । अर्थ मन्त्रालयमा भित्रिने सहसचिवमा तारानाथ अधिकारी, इन्द्रदेव यादव, पार्वती अर्याल, निता शर्मा र टेकबहादुर वली रहेका छन्।
त्यस्तै केही सिडिओ पनि सरुवामा परेका छन् । सिन्धुलीकी सिडिओ स्किम श्रेष्ठको अख्तियारमा सरुवा भएको छ । कंचनपुरका सिडिओ मदन कोइरालाको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ । कोशी प्रदेशमा कार्यरत नीता शर्माको तीन महिनामै अर्थ मन्त्रालयमा सरुवा भएको हो । शर्माको वित्त आयोगबाट भदौ ३ गते कोशी प्रदेश सरुवा भएको थियो ।
गृह मन्त्रालयको जगेडामा रहेका प्रदीपकुमार कोइरालालाई सामान्यको जगेडामा सरुवा गरिएको छ भने बिनु बज्राचार्य कुँवरलाई संचार मन्त्रालयमा सरुवा गरिएको छ । प्रदिपको जागिर दुई महिना मात्र बाँकी छ ।
त्यस्तै,मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हुलाक सेवा विभाग र वातावरण विभागका महानिर्देशकको सरूवा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक निर्मल ढकाल वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्।
हुलाक सेवा विभागको महानिर्देशक मनमाया भट्टराई पंगेनी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी राष्ट्रिय योजना आयोगको सचिवालयमा सरूवा भएका छन् ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।