न्याय सेवा आयोगले आठ उपसचिवलाई सहसचिवमा बढुवा गर्यो

शुक्रबार, मंसिर ४, २०८३

न्याय सेवा आयोगको शुक्रबारको बैठकले आठजनालाई सहसचिवमा बढुवा निर्णय गरेको छ ।

आयोग अध्यक्ष रहेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित बसेको बैठकले न्याय सेवातर्फत तीनजना, सरकारी वकील समूहतर्फत चारजना र कानुन समूह (मन्त्रालय) तर्फ एकजनालाई सहसचिवमा बढुवा निर्णय गरेको हो ।

आयोग स्रोतका अनुसार न्याय सेवातर्फ उपरजिष्ट्रारहरू रामबहादुर थापा, राइभान कुन्जेडा र विष्णुप्रसाद पाण्डेयलाई सहरजिष्ट्रार (सहसचिव सरह) मा बढुवा गरिएको छ । थापा र कुन्जेडालाई ज्येष्ठता तथा पाण्डेयलाई कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको हो ।

सरकारी वकिल समूहतर्फ उपन्यायाधिवक्ताहरू दशरथ गौतम, विदुर कार्की, महेशप्रसाद खत्री र बुद्धिलाल श्रेष्ठलाई सहन्यायाधिवक्ता (सहसचिव सरह) मा बढुवा गरिएको छ । कानुन समूहतर्फ कानुन मन्त्रालयका उपसचिव देवकुमार राईलाई सहसचिवमा बढुवा निर्णय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  २१:१०
प्रतिक्रिया दिनुहोस्