दसैँपछिको पहिलो कारोबार दिनमै नेप्सेले हावा खायो

सोमबार, कात्तिक ९, २०८३

दसैँपछिको पहिलो कारोबार दिनमै नेप्से सूचक घटेर सेयर बजार राताम्मे बनेको छ । 

सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा आइपुगेको हो । 

दसैँअगाडिको साताभर बढेको नेप्से त्यसपछिको कारोबारमा भने करेक्सन देखिएको छ ।

सोमबार सूचकसँगै कारोबार रकम पनि सामान्यले घटेको छ । यस दिन चार अर्ब दुई लाखको कारोबार भएको हो । 

दसैँअघिको अन्तिम दिन लगानीकर्ताले चार अर्ब ८२ करोडको कारोबार गरेका थिए । यसकारण दसैँपछिको पहिलो दिन लगानीकर्ताले बजारमा खरिदको साटो बिक्रीलाई प्राथमिकता दिएको देखिन्छ ।

यस्तै, यो दिन कारोबारमा आएको ३४१ कम्पनीमध्ये ९९ वटाको मूल्य बढ्दा १७१ वटाको घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर छ । 

यस दिन बेनी हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । बेनी हाइड्रोको मूल्य १४.९९ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्