सोसल मिडिया
युनिकोड
स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् ।
गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको छ । बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिए ।