सोसल मिडिया
युनिकोड
आज सुनचाँदीकै भाउ बढेको छ। सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो। त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको छ।आइतबार तोलामा १७५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।