नबिल बैंकले तीन महिनामै कमायो २ अर्ब ५५ करोड ५१ लाख खुद नाफा

आइतबार, कात्तिक १५, २०८३

नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो ।

बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । यसैगरी खुद ब्याज आम्दानी ३ अर्ब ९० करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४ दशमलव ०६ प्रतिशत र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्