केही सय बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

मंगलबार, माघ २७, २०८२

नेपाली बजारमा मंगलबार  सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । 

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्