सेयरबजारले आज ल्याएन पारा, कति भयो कारोबार ?

सोमबार, माघ २६, २०८२

सेयरबजारमा सोमबार पनि गिरावट आएको छ। नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा ओर्लिएको हो। 

यस दिन २ करोड ६७ लाख कित्ता खरिदबिक्रीपछि १० अर्ब ७७ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

कुल ४२ वटा सेयरको मूल्य बढे पनि २१२ वटा सेयरको मूल्य घटेको छ। त्यसैगरी ६ वटा सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। खानीखोला हाइड्रो ९.९७, रिडी पावर कम्पनी ९.११, लिबर्टी इनर्जी ७.८४, नेशनल हाइड्रो ५.९० प्रतिशतले बढेका छन्। 

माया खोला हाइड्रो, माबिलुङ इनर्जीलगायत भने अधिकतम ५.४० प्रतिशतसम्मले घटेका छन्। 

आज रिडी पावर कम्पनीको ७७ करोडको सर्वाधिक कारोबार भएको छ। यसबाहेक एसवाई प्यानल ५४ करोड, आखुखोला जलविद्युत् ४८ करोड, लिबर्टी इनर्जी ३७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्