सोसल मिडिया
युनिकोड
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ हजार २०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ९१ हजार कायम भएको छ। यसअघि बिहीबार प्रतितोला सुन २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा घटेको छ। महासंघका अनुसार आज २ सय ७० रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ४ हजार ७१० रुपैयाँ तोकिएको छ। बिहीबार एक तोला चाँदीको मूल्य ४ हजार ९८० कायम भएको थियो ।
आज अन्तरार्ष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।