सुनको मूल्य घट्यो, तोलाको कतिमा ओर्लियो ?

बिहीबार, माघ २२, २०८२

नेपाली बजारमा सुनको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो । 

यससँगै आजको मूल्य प्रतितोला दुइ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्