सोसल मिडिया
युनिकोड
सेयरबजार आज १.६४ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सामान्य अंकले घटेर नेप्से २६८१.५० विन्दुमा रोकिएको हो।
बुधबार ७ अर्ब ४९ करोडको कारोबार भएको छ। कुल १ करोड ६६ लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। आज ११३ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको र १३ वटाको मूल्य स्थिर छ।
आज बढेकामध्ये चारवटा सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपरमादी हाइड्रो र आखुखोला जलविद्युत्को सेयर १० प्रतिशतले बढेको छ। बाँकी सेयर अधिकतम ७ प्रतिशतले बढेको छ।
आज एचएलआई लार्ज क्याप फन्डको सर्वाधिक ५.५४ प्रतिशतले घटेको छ। कारोबारमा आज आखुखोला जलविद्युत्को सर्वाधिक ८० करोडको कारोबार भएको छ। आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा बढे पनि बाँकी घटेका छन्।