सोसल मिडिया
युनिकोड
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। गत शुक्रबारदेखि उच्च दरले ओरालो लागेको मूल्य आज सोमबार पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ तोकिएको छ।
आजको दिन सुन प्रतितोला १४ हजार रुपैयाँ र चाँदी ३०० रुपैयाँले घटेको हो। हिजो आइतबार सुन ३ लाख रुपैयाँ र चाँदी ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो, जसबाट पछिल्ला दिनमा मूल्यमा तीव्र गिरावट देखिएको छ।
चार दिन भित्रमा ५२ हजारको गिरावट
नेपाली बजारमा सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा ओरालो लागेको छ।
मूल्य शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँले घटेको थियो। शनिबार बजार बन्द थियो भने त्यसपछि खुलेको बजार आइतबार पनि १८ हजार आठ सय रुपैयाँले घट्यो।
यसैगरी, सोमबार १३ हजार चार सय रूपैयाँ चार दिनमा करिब ५२ हजारले घटेको हो। आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।