सुनको भाउले बनायो नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

बुधबार, माघ १४, २०८२

हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज पनि उच्चदरमा बढेको छ। 

प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाकै तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो भाउ अहिलेसम्मकै सबैभन्दा महँगो हो। एक सातामै सुनको भाउ तोलामा ३७ हजार रुपैयाँ बढेको छ।

सुनको भाउ मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो। 

सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो। 

गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।  

आज चाँदीको भाउ अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। चाँदी आज पनि तोलाको ६ हजार ८७० रुपैयाँमै स्थिर रहेको हो।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्