आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

मंगलबार, माघ १३, २०८२

लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार (माघ १२) मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो । 

त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्