सोसल मिडिया
युनिकोड
बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा २९ सय घटेर दुई लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलामा १० हजार चारसय बढेर सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको थियो। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।
गएको आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको भाउ आज घटेको हो। मंगलबार सुनको मूल्य तोलामा दुई हजार सातसय, सोमबार ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो। गएका चार दिनमा सुनको भाउ तोलाको १७ हजार नौसय बढेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५० रुपैयाँ घटेर चाँदीको भाउ आज पाँच हजार आठसय ७० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाका पाँचहजार नौसय २० रुपैयाँ थियो।