सुनको मूल्यले आज पनि बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति ?

मंगलबार, माघ ६, २०८२

सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्