आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

आइतबार, माघ ४, २०८२

सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६२५ रुपैयाँ निर्धारण भएको छ ।

गत बिहीबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ र शुक्रबार २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार एक तोला चाँदी ५ हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्