आज सुनको भाउले बनायो नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

मंगलबार, पुस २९, २०८२

लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार (पुस २९) अर्को कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो । अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ । मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्