सोसल मिडिया
युनिकोड
नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ७४ हजार नाघेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० कायम भएको हो। यो हासम्मकै उच्च मूल्य हो।
आइतबार एक तोला सुनको भाउ २ लाख ७० हजार ६०० पुगेको थियो। आइतबारको तुलनामा आज ४ हजार १०० रुपैयाँले बढी हो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। २०५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १९५ रुपैयाँ कायम भएको छ।
आइतबार सोही परिमाणको चाँदी ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।